नेपालको लाओसविरुद्ध गोलैगोल, ९-० ले विजयी : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

नेपालको लाओसविरुद्ध गोलैगोल, ९-० ले विजयी

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२

काठमाडौँ । नेपालले एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा शानदार शुरुवात गरेको छ । उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार सम्पन्न खेलमा नेपालले लाओसलाई ९-० गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा नेपालका लागि सावित्रा भण्डारी साम्बाले ५ गोल गरेकी छन् भने अनिता केसी, अनिता बस्नेत, रश्मी कुमारी घिसिङ र सरु लिम्बुले एक एक गोल गरेका थिए ।  

यो जितसँगै नेपाली महिला फुटबल टिमको आफ्नो १००औं अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएको छ । पहिलो पटक लाओससँग खेलेको नेपाली महिला फुटबल टिमको इतिहासमा यो चौथो फराकिलो जित हो । नेपालले यसअघि २०१० मा अफगानिस्तानसँग १३-० तथा पाकिस्तानसँग १२-० को जित हासिल गरेको थियो भने २०२४ मा माल्दिभ्ससँग ११-० को जित हासिल गरेको थियो ।      

फिफा वरियतामा नेपाल १००औं स्थानमा छ भने लाओस १०७औं स्थानमा छन् । त्यस्तै प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि नेपाली राष्ट्रिय महिला टिममा शानदार शुरुवात गरेका छन् ।

समुह एचमा रहेको नेपालले अब जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?