पिएसजी क्लब विश्वकपको क्वाटरफाइनलमा, इन्टर मियामी बाहिरियो

काठमाडौँ । पिएसजी जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न नक आउट चरणको खेलमा इन्टर मियामीलाई ४-० गोल अन्तरले पराजित गर्दै पिएसजी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
पिएसजीको जितमा जोआओ नेभेसले २ गोल गरे भने एक गोल अचरफ हाकिमीले गरेका थिए । त्यस्तै एक गोल इन्टर मियामीका टोमास अभिल्सले गरेका थिए ।
अब पिएसजीले क्वाटरफाइनलमा बायर्न म्युनिखको सामना गर्ने छ । बायर्न म्युनिखले पनि ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४-२ गोल अन्तरले हराउदै क्वाटरफाइनलमा पुगेको छ ।
पिएसजी र बायर्न म्युनिखबीचको क्वाटरफाइनल खेल जुलाई ५ मा हुने छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%