एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी युमन्स एसिया कप क्वालिफायर्स अन्तर्गत श्रीलंकाको सामना गर्दैछ । उज्बेकिस्तानको राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ६: १५ बजेदेखि शुरु हुदैछ ।

फिफा वरियतामा श्रीलंका नेपालभन्दा धेरै पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा रहेको छ ।

यस छनौट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा लाओसविरुद्ध ९-० गोल अन्तरको जित हासिल गरेर शानदार शुरुवात गरेको छ । त्यस्तै श्रीलंकाले भने आफ्नो पहिलो खेल उज्बेक्स्तानसँग १०-० ले हारेको थियो ।  

आजै यस समुहको उन्बेकिस्तान र लाओसबीच पनि खेल हुदैछ ।

यस प्रतियोगितामा नेपालले आजको खेलपछि जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले एएएफसी महिला एसियाली कप छनौट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिम २१ सदस्यीय टिम छानेका छन् ।  

नेपाली टिम:

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, उषा नाथ र अञ्जना राना मगर ।
डिफेन्डर:  गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राणा र अमृता जैशी ।
मिडफिल्डर: विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर र सरस्वती हमाल ।
फरवार्ड: सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी र रेखा पौडेल ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?