नेपालको श्रीलंकाविरुद्ध शानदार ८-० को जित : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

नेपालको श्रीलंकाविरुद्ध शानदार ८-० को जित

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

काठमाडौं । नेपालले श्रीलंकाविरुद्ध शानदार जित हासिल गरेको छ ।  उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा सम्पन्न एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले श्रीलंकाविरुद्ध ८-० को जित हासिल गरेको हो ।

नेपालका लागि खेलको छैटौं मिनेटमा गीता राणाले हेडमार्फत पहिलो गोल गरेकी थिइन् भने सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी थिइन् । साम्बाले खेलको २०औं, ४२औ र ४५औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् । त्यसपछि खेलको ५४औं मिनेटमा गीता राणाले पेनाल्टीमार्फत गोल गरेकी थिइन् भने खेलको ६२औं मिनेटमा निशा थोकरले हेडमार्फत गोल गरेकी थिइन् । त्यसपछि खेलको ७८औं मिनेटमा रेखा पौडेलले र ८२औं मिनेटमा पुजा रानाले गोल गरेकी थिइन् ।

यस छनौट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यस अघि आफ्नो पहिलो खेलमा लाओसविरुद्ध ९-० गोल अन्तरको जित निकालेको थियो ।  त्यस्तै पहिलो खेलमा उज्बेकिस्तानसँग १०-० ले हार बेहोरेको श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ ।  

अब नेपालले आफ्नो समुह एफ को अन्तिम खेल शनिबार उज्बेकिस्तानसँग खेल्ने छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?