कप्तान गिलको शतकमा इङल्याण्डविरुद्धको भारतको राम्रो शुरुवात : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

कप्तान गिलको शतकमा इङल्याण्डविरुद्धको भारतको राम्रो शुरुवात

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८२

काठमाडौँ । भारतले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा राम्रो शुरुवात गरेको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले खेलको पहिलो दिन ५ विकेट गुमाएर ३१० रन बनाएको छ ।

भारतका लागि कप्तान शुभमन गिलले शतकीय पारी खेल्दै ११४ रन बनाएर अविजित रहेका छन् । त्यस्तै रविन्द्र जडेजाले अविजित ४१ रन बनाएर खेलिरहेका छन् ।

त्यस्तै यशस्वी जैसवालले ८७ रन बनाएर आउट भएका थिए भने करुण नायरले ३१, केएल राहुलले २, ऋषव पन्तले २५ र नितिश कुमार रेड्डीले एक रन बनाएर आउट भएका थिए ।

त्यसैगरी इङल्याण्डका बलर क्रिस वोक्सले २ विकेट लिए भने ब्राइडन कार्स, बेन स्टोक्स र शोयब बशीरले एक एक विकेट लिएका थिए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?