काठमाडौँ । भारतले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा राम्रो शुरुवात गरेको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको भारतले खेलको पहिलो दिन ५ विकेट गुमाएर ३१० रन बनाएको छ ।
भारतका लागि कप्तान शुभमन गिलले शतकीय पारी खेल्दै ११४ रन बनाएर अविजित रहेका छन् । त्यस्तै रविन्द्र जडेजाले अविजित ४१ रन बनाएर खेलिरहेका छन् ।
त्यस्तै यशस्वी जैसवालले ८७ रन बनाएर आउट भएका थिए भने करुण नायरले ३१, केएल राहुलले २, ऋषव पन्तले २५ र नितिश कुमार रेड्डीले एक रन बनाएर आउट भएका थिए ।
त्यसैगरी इङल्याण्डका बलर क्रिस वोक्सले २ विकेट लिए भने ब्राइडन कार्स, बेन स्टोक्स र शोयब बशीरले एक एक विकेट लिएका थिए ।













