यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

यू-२० साफमा नेपालको भुटानविरुद्ध ६-१ गोलको जित

मेरो आर्थिक मेरो आर्थिक असार २८ गते २०८२

काठमाडौँ । नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टिमले साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा भुटानविरुद्ध ६-१ को फराकिलो जित निकालेको छ ।

नेपालका लागि पुर्णिमा राईले ४ गोल गरेकी थिइन् भने सेनु परियारले २ गोल गरेकी थिइन् ।

प्रतियोगिता जुलाई २२ सम्म बंगलादेशमा हुदैछ । यस प्रतियोगित मा नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिदैछन् । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले अब जुलाई १३ मा बंगलादेशविरुद्ध, जुलाई १५ मा श्रीलंकाविरुद्ध खेल्ने तालिका छन् । त्यस्तै नेपालले जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?