चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि : Mero Aarthik
असार ३० गते २०८२
ब्रेकिङ न्यूज

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

मेरो आर्थिक मेरो आर्थिक असार ३० गते २०८२

काठमाडौँ । चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीको जितमा कोल पलामरले २ गोल गरे भने जोआओ पेड्रोले एक गोल गरेका थिए । चेल्सीले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो ।

यस खेलमा खेलको ८५औं मिनेटमा पिएसजीका जोआओ नेभेजले रातो कार्ड पाएका थिए ।

चेल्सीका कोल पाल्मरले प्रतियोगितामा चार गोल एक गोल असिस्ट गरे बापत गोल्डेन बुट प्राप्त गरेका छन् ।

विजेता चेल्सीलाई अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रफी प्रदान गरेका थिए ।      

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?