माघ २१ गते २०८२ --:--:--
मेनु

एभरेष्ट महिला भलिबल लिगमा कर्णालीको विजयी शुरुवात

मेरो आर्थिक मेरो आर्थिक भाद्र २१ गते २०८२ ५:५४ AM
एभरेष्ट महिला भलिबल लिगमा कर्णालीको विजयी शुरुवात

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उद्घाटन खेल कर्णाली यशविसले जितेको छ । 

पोखरामा भएको पहिलो खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । कर्णालीले पहिलो सेट २५-२१, दोस्रो सेट २५-२० र तेस्लेरो सेट २५-१४ ले जितेको थियो ।

आजै दोस्रो खेल ललितपुर क्विन्स र मधेश युनाइटेडबीच हुदैछ ।    

भदौ २० गतेदेखि २८ गतेसम्म संचालन हुने भलिबल लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, कर्णाली यशविस र लुम्बिनी लाभा गरि ६ फ्रेन्चाइजीले प्रतिष्पर्धा गर्दै छन् । प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने आयोजकले जानकारी दिएको छ ।

गतबर्ष भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो । कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?