माघ २२ गते २०८२ --:--:--
मेनु

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो

मेरो आर्थिक मेरो आर्थिक भाद्र २२ गते २०८२ ५:५८ AM
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो

काठमाडौँ । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । 

निर्धारित ९० मिनेटको समयमा दुवै देशबाट कुनै गोल नभएपछि खेल बराबरीमा सकिएको छ । दुवै देशले गोल गर्ने केहि अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेका थिएनन् । 

नेपाल र बंगलादेशबीच अहिलेसम्म भएका २५ खेलमा बराबरीमा सकिएको यो चौथो खेल हो ।

जसमा नेपालले ८ खेल जितेको छ भने बंगलादेशले १३ खेल जितेको छ । फिफा वरियतामा नेपाल १७६औं स्थानमा छ भने बंगलादेश १८४औं स्थानमा रहेको छ । अब नेपाल र बंगलादेशबीचको दोस्रो खेल सेप्टेम्बर ९ मा हुने तालिका रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?