माघ २२ गते २०८२ --:--:--
मेनु

एनपीएल: सुदूरपश्चिमको विजयी शुरुवात, काठमाडौँ २९ रनले पराजित

मेरो आर्थिक मेरो आर्थिक मंसिर ३ गते २०८२ ७:५९ PM
एनपीएल: सुदूरपश्चिमको विजयी शुरुवात, काठमाडौँ २९ रनले पराजित

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले विजयी शुरुवात गरेको छ ।

बुधबार सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछाएको काठमाडौँ गोर्खाजले १६.५ ओभरमा ११८ रन बनाएर अलआउट भएको थियो ।

काठमाडौँ गोर्खाजका लागि आकाश त्रिपाठीले सर्बाधिक ३४ रन बनाए भने जोन साम्पसनले २४ र सन्नी पटेलले १० रन बनाए । त्यस्तै सुदूरपश्चिमका बलर स्कट कुगेलेइजिन, हेमन्त धामी र हर्मित धामीले २-२ विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो ।

यो सुदूरपश्चिमको यस सिजनको पहिलो खेल हो भने पहिलो खेलमा जित हासिल गरेको काठमाडौँ गोर्खाजले दोस्रो खेलमा भने हार बेहोरेको छ ।

एनपीएल अन्तर्गत विहिबार चितवन राइनोज र लुम्बिनी लायन्सबीच खेल हुदैछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?