पौष २ गते २०८२ --:--:--
मेनु

साफ महिला क्लब च्याम्पियनसिप: आज एपीएफको सामना कराची सिटीसँग

मेरो आर्थिक मेरो आर्थिक मंसिर २८ गते २०८२ ७:०४ AM
साफ महिला क्लब च्याम्पियनसिप: आज एपीएफको सामना कराची सिटीसँग

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज एपीएफ क्लबले  पाकिस्तानको कराची सिटीको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार दिउसो २ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।

जारी प्रतियोगितामा एपीएफले ३ खेलमा एक जित र एक बराबरी खेलेको छ । एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो । त्यसैगरी कराची सिटीले ३ खेलमा २ बराबरी र एक हार बेहोरेको छ ।

एपीएफ हाल अंकतालिकामा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ भने भारतको इस्ट बङ्गाल २ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै कराची सिटी ३ खेलमा २ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

लिग खेलपछि शिर्ष दुई स्थानमा रहने क्लबबीच फाइनल खेल हुने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?