पौष २ गते २०८२ --:--:--
मेनु

पुरुष यू–१९ एशिया कप: नेपालको लगातार तेस्रो हार, अफगानिस्तानसँग ६ विकेटले पराजित

मेरो आर्थिक मेरो आर्थिक पौष २ गते २०८२ ८:१० PM
पुरुष यू–१९ एशिया कप: नेपालको लगातार तेस्रो हार, अफगानिस्तानसँग ६ विकेटले पराजित

काठमाडौँ । नेपालले एसीसी पुरुष यू–१९ एशिया कपमा आफ्ना तिनै खेलमा हार बेहोरेको छ ।

नेपाल बुधबार समुह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १२५ रनको लक्ष्य पछाएको अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४६.४ ओभरमा अल आउट हुदै १२४ रन बनाएको थियो ।

नेपालका लागि दिलसाद अलीले सर्बाधिक ३२ रन बनाए भने चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर जुतिल्लाह शाहीनले ३ विकेट लिए भने अब्दुल अजिज, नूरिस्तानी ओमारजाई र वाहिदुल्लाह जद्रानले २-२ विकेट लिएका थिए ।

जारी यू-१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवै प्रतियोगिताबाट बाहिरिएका छन् । त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन । यसअघि नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए । 

एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र युएई खेलिरहेका छन् ।

समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् भने समुह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?