काठमाडौं । जारी राष्ट्रिय लिगमा एनआरटी एफसीले संकट क्लबलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा एनआरटीले संकटालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
एनआरटीको जितमा कृतिश रत्न छुन्जु, वेंडपागागिलबेटोग र टिमोथी ओकेरेकेले एक एक गोल गरेका थिए । त्यसैगरी संकटाका लागि एक गोल कृष्ण बहादुर आलेले गरेका थिए ।
यो जितपछि एनआरटीको ५ खेलमा १२ अंक भएको छ भने संकटाको ५ खेलमा ५ अंक रहेको छ ।












