माघ २५ गते २०८२ --:--:--
मेनु

भारतको टी-२० विश्वकपमा विजयी शुरुवात, अमेरिका २९ रनले पराजित

मेरो आर्थिक मेरो आर्थिक माघ २५ गते २०८२ ५:४२ AM
भारतको टी-२० विश्वकपमा विजयी शुरुवात, अमेरिका २९ रनले पराजित

काठमाडौँ । भारतले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गर्दै विश्वकपमा विजयी शुरुवात गरेको हो । 

भारतले दिएको १६२ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

अमेरिकाको लागि संजय कृष्णामुर्थीले सर्बाधिक ३७ र मिलिंद कुमारले ३४ रन बनाएका थिए । त्यस्तै शुभम रन्जानेले अविजित ३७ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर मोहमद सिराजले विकेट विकेट लिए भने अर्शदीप सिंह  र अक्सर पटेलले २-२ विकेट लिए तथा वरुण चक्रवर्तीले एक विकेट लिएका थिए ।  

यसअघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ८४ रन बनाए भने तिलक बर्माले २५ र इशान किशनले २० रनको योगदान दिएका थिए । त्यस्तै अक्सर पटेलले १४ रन बनाएका थिए । 

त्यस्तै अमेरिकाका बलर शाडली भ्यान शाल्कविकले ४ विकेट लिए भने हरमित सिंहले २ विकेट लिएका थिए । त्यस्तै अली खान र मोहमद मोहसिनले एक एक विकेट लिएका थिए ।

अब भारतले अर्को खेल फेब्रुअरी १२ मा नामिबियासँग खेल्ने छ भने अमेरिकाले अर्को खेल फेब्रुअरी १० मा पाकिस्तानसँग खेल्ने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?