माघ २५ गते २०८२ --:--:--
मेनु

बिसिसीआईले यू-१९ विश्वकप खेलाडीलाई साढे ७ करोड पुरस्कार दिने

मेरो आर्थिक मेरो आर्थिक माघ २५ गते २०८२ ५:५३ AM
बिसिसीआईले यू-१९ विश्वकप खेलाडीलाई साढे ७ करोड पुरस्कार दिने

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आईसीसी यू-१९ विश्वकप जित्ने टिम इन्डियाका खेलाडी, प्रशिक्षक र सहयोगी कर्मचारीलाई ७.५ करोड भारु पुरस्कारको घोषणा गरेको छ ।

पुरस्कारको घोषणा गर्दै बोर्डका सचिव देवजित सैकियाले भनेका छन्- ‘हाम्रो अन्डर-१९ टोलीले हरारेमा इङ्गल्याण्डलाई हराएको तरिकाबाट बीसीसीआई र सम्पूर्ण देश धेरै खुसी छ । टोली प्रतियोगितामा एक पनि खेल नहारी च्याम्पियन बन्यो ।’

सैकियाले टोलीको प्रदर्शनको सम्मानमा बीसीसीआईले ७.५ करोड पुरस्कार घोषणा गरेको बताए । यो रकम टिमका खेलाडी, प्रशिक्षण टिम र अन्य सपोर्ट स्टाफबीच बाडिने भएको छ ।

भारतको यू-१९ टिमले शुक्रबार सम्पन्न फाइनल खेलमा इङल्याण्डलाई पराजित गर्दै छैटौं पटक विश्वकप उपाधि जितेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?