फागुन ६ गते २०८२ --:--:--
मेनु

टी-२० विश्वकपमा आज तीन खेल हुदै

मेरो आर्थिक मेरो आर्थिक फागुन ६ गते २०८२ ७:१० AM
टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ ।  जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज समुह डी अन्तर्गत दक्षिण अफ्रिका र युएईबीच खेल हुदैछ । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । 

जारी विश्वकपमा समुह डी बाट दक्षिण अफ्रीका र न्यूजील्याण्ड सुपर आठमा पुगिसकेका छन् भने युएई बाहिरिइसकेको छ । दक्षिण अफ्रिकाले आफ्ना तिनै खेल जितेको छ भने युएईले ३ मा एक जित र २ हार बेहोरेको छ । 

त्यस्तै आज दोस्रो खेल समुह ए अन्तर्गतको नामिबिया र पाकिस्तानबीच दिउसो ३: १५ बजेदेखि हुदैछ । पाकिस्तानका लागि सुपर आठमा पुग्न यो खेल जित्नैपर्ने अवस्था रहेको छ भने नामिबियाले यसअघिका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ । 

त्यसैगरी आज तेस्रो खेल समुह ए कै भारत र नेदरल्याण्डसबीच साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । समुह ए बाट यस अघिका तिन खेल जितेर भारत सुपर आठमा पुगिसकेको छ भने नेदरल्याण्डस ३ खेलमा एक जित र २ हार बेहोरेको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?