माघ २२ गते २०८२ --:--:--
मेनु

भिभोको नयाँ मोडल वाई ०२ मोवाइल नेपालमा

मेरो आर्थिक मेरो आर्थिक माघ १५ गते २०७९ ९:३७ AM
भिभोको नयाँ मोडल वाई ०२ मोवाइल नेपालमा

अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले भिभोले वाई सिरिजमा नयाँ मोडल वाई ०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरूलाई सुलभ मूल्य सुविधायुक्त विशेषताहरू प्रदान गर्ने कम्पनीको दाबी छ ।

वाई ०२ लामो समयसम्म चल्ने ५ हजार एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्‍याम प्लस ३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ । यो स्मार्टफोनको मूल्य १२ हजार ४९९ तोकिएको छ ।

वाई ०२ मा ६.५१ इन्चको एजडी प्लस डिस्प्ले रहेको छ र इमर्सिभ तथा आई प्रोटेक्शन मोड पनि रहेको छ । यसको २.५ डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाएको छ । यो स्मार्टफोन दुई रंगहरू उपलब्ध छ – कस्मिक ग्रे र अर्किड ब्लू

वाई सिरिज युवा ग्राहकहरूका लागि लक्षित गरिएको छ जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर पर्छन् ।

वाई०२ मा ८ एमपी रियर क्यामेरा तथा ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरूको क्यामेरा अनुभवलाई सुधार गर्ने कम्पनीको विश्वास रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?