माघ २२ गते २०८२ --:--:--
मेनु

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला, अनलाइनबाट पनि टिकट गर्न सकिने

मेरो आर्थिक मेरो आर्थिक असाेज २२ गते २०८० ८:२९ AM
दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला, अनलाइनबाट पनि टिकट गर्न सकिने
Stranded passenger vehicles are parked due to bundh called by various small parties, at old Buspark, Ratnapark, Kathmandu on Monday.Photo: THT/ File

आगामी दशैंका लागि अग्रिम टिकट बुकिङ आज सोमबारदेखि खुलेको छ । गत शुक्रबार सरकार र यातायात व्यवसायीबी भएको सहमतिअनुसार आज दसैंका अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको थियो । यसअघि व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए । तर, सरकारसँग भएको छलफलमा व्यवसायी पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् ।

दसैंका लागि अग्रिम टिकट बुकिङ अनलाइनमार्फत पनि गर्न सकिने यातायात व्यवसायीहरुले बताएका छन् । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

यस बर्ष अनलाइनबाट पनि बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दसैँको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दसैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?