चिसो मौसम शुरु भएसँगै नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहेको । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।
त्यस्तै आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आजको राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।








