मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ भने हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको जनाएको छ ।
त्यस्तै हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
महाशाखाले आगामी २४ घण्टा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरको छ ।
महाशाखाले शुक्रबार राती विशेष बुलेटिन जारी गर्दै शनिबार साँझबाट मनसुन उत्तर तर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको जनाएको छ । यस प्रणालीको प्रभावले शनिबार साँझ देखि सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागमा मनसुन सक्रिय हुने सम्भावना रहेको देखिएको जनाएको छ ।