काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज बारा, पर्सा, रौतहट, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेपलान्चोक, नवलपरासी पुर्व, नवलपरासी पश्चिम र आसपासका जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले यी जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहने पूर्वानुमान रहेको बताएको छ ।








