पौष ७ गते २०८२ --:--:--
मेनु

कस्तो छ आजको मौसम पूर्वानुमान ?

मेरो आर्थिक मेरो आर्थिक पौष ७ गते २०८२ ६:२४ AM
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल देशभर आंशिक बदली रहेको जानकारी दिएको छ ।

विभागले देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिएको जनाएको छ ।

त्यस्तै आज दिउँसो देशभर आंशिक बदली रहने र आज राति कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?