जेठ २० गते २०८३ --:--:--
मेनु

आजको राशिफल

वि.सं.२०८३ साल वैशाख २० गते आइतबार

आजको राशिफल वि.सं.२०८३ साल वैशाख २० गते आइतबार र इ.सं. २०२६ मे ३ सूर्योदय बिहान ५ बजेर २३ मिनेटमा सूर्यास्त बेलुकी ६ बजेर ३८ मिनेटमा हुनेछ ।

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेष

नयाँ योजना अघि बढाउन अनुभवी व्यक्तिको सुझाव उपयोगी हुनेछ। जग्गा–जमिनसम्बन्धी विषयमा विवाद हुन सक्ने भएकाले सावधानी अपनाउनुहोस्। खर्च बढ्न सक्ने हुँदा धैर्य र योजना आवश्यक छ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

वृष

ठूला निर्णय लिनुअघि परिवारसँग परामर्श गर्नु राम्रो हुन्छ। आर्थिक समस्या क्रमशः समाधानतर्फ जानेछ। दाजुभाइबीचको सम्बन्ध बलियो बन्ने संकेत छ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

मिथुन

समयको सही उपयोग गर्दा भाग्य वृद्धि हुनेछ। दीर्घकालीन फाइदा हुने काम सुरु गर्न सकिन्छ। आफन्त तथा दाजुभाइबाट सहयोग मिल्नेछ। छोटो तर उपलब्धिमूलक यात्रा हुने संकेत छ। मनोरञ्जनमा समय बित्नेछ। समाजमा प्रतिष्ठा पुनः स्थापित हुनेछ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कर्कट

कानुनी विषयहरू तपाईंको पक्षमा जान सक्छन्। काममा गोपनीयता कायम गर्नु आवश्यक छ। वैवाहिक जीवनमा सानो मतभेद हुन सक्छ, संवाद बढाउनुहोस्।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सिंह

सकारात्मक सोचका साथ अघि बढ्दा काममा सफलता मिल्नेछ। व्यापारमा गरिएको लगानी लाभदायी देखिन्छ। धार्मिक वा सामाजिक कार्यक्रममा सहभागिता बढ्न सक्छ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

कन्या

आर्थिक संस्था वा सहकारीबाट अपेक्षित सहयोग नआउन सक्छ। रोजगारीका लागि प्रयास गर्नुपर्नेछ। विदेशबाट राम्रो समाचार आउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

तुला

आर्थिक निर्णय सोचविचार गरेर लिनु उचित हुन्छ। सन्तानबाट खुशीको खबर आउन सक्छ। रोकिएका कामहरू अगाडि बढ्ने सम्भावना छ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

वृश्चिक

नयाँ काम सुरु गर्दा राम्रो नतिजा आउने संकेत छ। पारिवारिक जिम्मेवारीले मनमा तनाव ल्याउन सक्छ। यात्राको योजना बन्नेछ, तर धैर्य अपनाउनुहोस्।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

धनु

जोखिमयुक्त कामप्रति आकर्षण बढ्न सक्छ। सामाजिक कार्यक्रममा मान–सम्मान मिल्नेछ। नयाँ सम्पर्कबाट आर्थिक लाभ हुने सम्भावना छ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मकर

जग्गा–जमिनसम्बन्धी विवाद समाधानतर्फ जानेछ। अध्ययनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा नम्र व्यवहारले फाइदा पुग्नेछ। आम्दानीका स्रोत बढ्न सक्छन्।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

कुम्भ

शुभ कार्यमा खर्च बढ्न सक्छ। मेहनत अनुसारको सफलता प्राप्त हुनेछ। अधिकारिक व्यक्तिसँग काम निकाल्न समय लाग्न सक्छ। सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

मीन

काममा ढिलाइ हुँदा मन खिन्न हुन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। वैवाहिक सम्बन्धमा मतभेद आउन सक्छ, धैर्य अपनाउनुहोस्। व्यापारमा लगानी अघि बढाउन समय पर्खनु उपयुक्त हुन्छ। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला, यहाँको दिन शुभ रहोस् ।
जय होस् ।