माघ २२ गते २०८२ --:--:--
मेनु

मलमा ९३ अर्ब रकम व्यवस्था गर्न कृषि मन्त्रीको सुझाव

मेरो आर्थिक मेरो आर्थिक माघ २९ गते २०७९ ६:०२ AM
मलमा ९३ अर्ब रकम व्यवस्था गर्न कृषि मन्त्रीको सुझाव

भूमि व्यवस्था तथा सहकारी मन्त्री वसन्त कुशवाहाले संघका कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहलाई भेटेर मलको व्यवस्था गर्न आग्रह गरेका छन् । कृषि मन्त्री साह, कृषि सचिव डा।गोविन्द शर्मालगायत अन्य सरोकारवालासँगको छलफलमा उनले सो आग्रण गरेका हुन् ।

मधेश प्रदेशका लागि युरिया, डीएपी, पोटासको व्यवस्था गर्न आग्रह गरिएको बताए । मधेस प्रदेशलाई वार्षिक चार लाख ६५ हजार मेट्रिक टन मल चाहिएको तर संघीय सरकारले वार्षिक एकलाख मेट्रिक टन मात्र उपलब्ध गराएको भन्दै गुनासो गरे । त्यतिले मधेशलाई नपुग्ने बताउँदै उनले मधेशलाई मात्र कम्तीमा पाँच लाख मेट्रिक टन मलको आवश्यकता परेको बताए । मधेस प्रदेशमा कम्तीमा तीन लाख ६५ हजार मेट्रिक टन मलको आवश्यकता रहेको उनको भनाइ छ ।

पुरै देशका लागि वार्षिक साढे १५ लाख मेट्रिकटन मलको आवश्यकता पर्छ । त्यसका लागि सरकारले वार्षिक रुपमा एकमुष्ट ९३ अर्ब रुपियाँ छुट्याउनुपर्ने धारणा कृषि मन्त्री साहलाई जानकारी गराएका छन ।

संघीय कृषि र अर्थ मन्त्रालयले वार्षिक ९३ अरब रुपियाँ बजेट छुट्याएर राख्नुपर्ने सुझाव समेत उनले दिएका छन् । सानो परिणाममा पटक पटक मल खरिद गर्दा झन्झटिलो हुनुको साथै सँधै मलको अभाव रहि रहने बताउँदै उनले वार्षिक रुपमा एकैपटक मलका लागि बजेटको व्यवस्था गर्न आफूले सुझाव दिएको बताए ।

किसान कार्डको व्यवस्था चाँडै गर्न पनि उनले सुझाव दिएका छन् । किसान कार्ड बनाउने सफ्टवेयरको डाटा स्टोरेज क्षमता आठ टीबी भएको र ९६ प्रतिशत डाटा प्रयोग भइसकेकोले संघीय कृषि मन्त्रालयलाई त्यसको क्षमता वृद्धि गर्न सुझाव दिएका उनले बताए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?