बाँसबारी जग्गा प्रकरणः विनोद चौधरीलाई सिआइबीले सोधपुछ : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

बाँसबारी जग्गा प्रकरणः विनोद चौधरीलाई सिआइबीले सोधपुछ

मेरो आर्थिक मेरो आर्थिक चैत्र ४ गते २०८०

बाँसबारी छाला कारखाना जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विनोद चौधरीको बयान लिइरहेको छ ।

अवैध रुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा चौधरीका भाइ अरुणलाई सिआइबीले फागुन १ गते पक्राउ गरेको थियो ।

गृहमन्त्री रवि लामिछानेले आइतबारको बैठकमा गृहसचिव एकनारायण अर्याल र सिआइबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीलाई घटनाको थप अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

बाँसबारी जग्गा प्रकरणमा सिआइबीले अरुणकुमार चौधरीसहित तीन जनालाई अनुसन्धानका लागि फागुन १ गते पक्राउ गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले थप अनुसन्धानका लागि थुनामा राख्न आवश्यक नरहेको फैसला गरेपछि उनीहरुलाई रिहा गरिएको हो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?