Skip to content
logo
पौष २१ गते २०८१ समयः

विद्युत प्राधिकरणले भक्तपुर-ठिमी १३२ केभी प्रसारणलाइन भूमिगत गर्दै

मेरो आर्थिक
मेरो आर्थिक
पौष २६ गते २०७९
विद्युत प्राधिकरणले भक्तपुर-ठिमी १३२ केभी प्रसारणलाइन भूमिगत गर्दै

भक्तपुर सबस्टेसनदेखि ठिमीमा प्रस्तावित सबस्टेसनसम्म २८० मेगावाट क्षमताको प्रसारणलाइन डबल सर्किट प्रसारणलाइन निर्माण गर्न लागेको हो।
करिब ३.२७ किमि भूमिगत निर्माण हुनेछ। विद्युत विकास विभागले सूचना निकालेर प्रस्तावित प्रसारणलाइन निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित रायरसुझाव पेस गर्न आग्रह गरेको छ।

यो भूमिगत प्रसारणलाइनको क्षेत्राधिकार छेउको सर्किटबाट ०.३ मिट र ट्रेन्चको मध्य रेखाबाट दायाँ र बायाँ दुवैतर्फ १/१ मिटर गरि कुल २ मिटर छ। १८ महिनामा काम सक्ने आयोजनाको लक्ष्य छ।

Add a new comment