नेपाल एसबिआई बैंक लि.द्धारा कालिका भगवती मन्दिर, बागलुङमा सामाजिक उत्तरदायित्व कार्यक्रम : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

नेपाल एसबिआई बैंक लि.द्धारा कालिका भगवती मन्दिर, बागलुङमा सामाजिक उत्तरदायित्व कार्यक्रम

मेरो आर्थिक मेरो आर्थिक श्रावण १८ गते २०८१

नेपाल एसबिआई बैंक लि. ले बाग्लुङ नगरपालिका स्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष, श्री कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, श्री राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत, श्री यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।
साथै, नेपाल एसबिआई बैंकले आफ्नो बागलुङ नगरपालिका–०२, लालिगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा नं–०३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ । त्यसैगरी, बैंकले आफ्नो पोखरा महानगरपालिका–०८ सभागृह चोकमा अवस्थित सृजनाचोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरी दुबै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका छन् । यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?