फागुन १५ गते २०८२ --:--:--
मेनु

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन

मेरो आर्थिक मेरो आर्थिक चैत्र १३ गते २०७९ ८:२७ AM
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिएको छ । संविधान र कानुन विपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरुद्ध विरोध प्रदर्शन गरिएको हो ।

आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए । उनले संविधान, कानुन विपरीत भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौँ महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए । उनीहरुले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरेका हुन् ।

साथै विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?