एभरेष्ट बैंकले ल्यायो मोबाइल बैंकिङमा थप सुबिधा : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

एभरेष्ट बैंकले ल्यायो मोबाइल बैंकिङमा थप सुबिधा

मेरो आर्थिक मेरो आर्थिक वैशाख ६ गते २०८०

एभरेष्ट बैंकले मोबाइल बैंकिङ एप ईबीएल टच २४ सञ्चालनमा ल्याएको छ ।

बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले यो सेवाको शुभारम्भ गरेका हुन् । यो सेवा सुरुवात भएसँगै एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन् ।

ग्राहकहरुले भुक्तानी गरे लगत्तै रकम सिधै एभरेष्ट बैंकको खातामा जम्मा हुने सुविधा भएको यस स्मार्ट क्यूआरको सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुविधा पुग्ने बिश्वास बैंकले गरेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?