फागुन १५ गते २०८२ --:--:--
मेनु

आज प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

मेरो आर्थिक मेरो आर्थिक वैशाख ७ गते २०८० ८:०७ AM
आज प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो बुधबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३०० कायम छ । हिजो सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?