९ महिनामा २ खर्ब ७६ अर्ब राजश्व संकलन : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

९ महिनामा २ खर्ब ७६ अर्ब राजश्व संकलन

मेरो आर्थिक मेरो आर्थिक वैशाख ७ गते २०८०

चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा नेपाल सरकारले आयातबाट २ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा विदेशबाट आयातित वस्तुबाट उक्त राजश्व संकलन भएको हो । गत महिना फागुनसम्म २ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको थियो । यो चैत महिनासम्ममा संकलन भएको भन्सार राजश्वको तुलनामा ३४ अर्बले बढी हो ।

सरकारले २०७८ वैशाख १३ गतेदेखि आयातमा प्रतिबन्ध लगाएको थियो ।

आयातबाट वार्षिक ६ खर्ब २८ अर्ब रुपैयाँ आसपास राजश्व संकलनको लक्ष्य लिइएकोमा हालसम्म जम्मा २ खर्ब ७६ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । सरकारले भन्सार राजश्व, अन्तशूल्क र सडक निर्माण दस्तुर लगायतका शीर्षकमा उक्त राजश्व संकलनको लक्ष्य लिएको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?