चैत्र १० गते २०८२ --:--:--
मेनु

इलामको एक उत्कृष्ट बिद्यालय

मेरो आर्थिक मेरो आर्थिक चैत्र २९ गते २०७९ १:१० PM
इलामको एक उत्कृष्ट बिद्यालय

इलाम जिल्लाको पर्यटकिय नगरी सुर्योदय नगरपालिका वडा न १४ चुङमाङ स्थित २०२१ सालमा स्थापित श्री शारदा आधारभुत बिद्यालय ।

जहाँ पुग्न मेचीराजमार्गको भालुखोपबाट ११ किलो मिटरको कठिन कच्ची बाटो तय गर्नुपर्छ । कक्षा नर्सरी देखि आठ सम्म सन्चालनमा रहेको यस सामुदायिक बिद्यालय जहाँ ग्रामिण भेगमा सिमित श्रोत र साधनको सहायतामा अङ्ग्रेजी माध्यममा उत्कृष्ट पठनपाठन र नतिजा प्रकासन गर्दै आएको पाइन्छ ।

बिध्यार्थीहरुको स्वास्थलाई मध्यनजर गर्दै फिल्टराइज शुद्ध पिउन्र पानीको ब्यवस्थापन गरिएको यहाँ भवनहरुको अभावमा अस्थायी टहरा बनाएर भए पनि पठनपाठन गरिदै आएको पाइन्छ । गाडी पुग्ने बाटोले समेत नछोएको र सिमित जग्गामा संचालित यहाँ यसै बर्स अनुदानमा दुई कोठे भवन स्वीकृत भए पश्चात् निर्माण गर्ने जग्गाको अभावमा लक्ष्मीपुजाको अवसरमा देउसी भैलो कार्यक्रम सन्चालन गरि आएको सहयोगले जग्गा खरिद गर्नुका साथै अस्थायी रुपमै भए पनि सामान ढुवानीको लागि बाटोको प्रवन्ध गरिसकिएको र निर्माण कार्य सुरुहुन लागेकोले आगामी दिनहरुमा कक्षा संचालन गर्न केहि सहज हुने बिद्यालयका प्रधानाध्यापक बुद्ध राज थापाले जानकारी गराउनुभयो ।

सहरबजारका नानिहरु भन्दा आफ्ना नानीहरु हरेक कुरामा पछि नपरुन भन्ने उदेस्य राखिएको यस बिधालयमा खर्चिलो भएकोले सोचे अनुरुप प्राबिधिक शिक्षा प्रदान कठिनाई भएको पनि वहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?