पनौतीमा बाढीमा बगेकी महिलाको खोजी जारी

काभ्रेको पनौतीमा आएको बाढीमा बगेर बेपत्ता महिलाको अवस्था अझै अज्ञात छ । सोमबार अपराह्न आएको बाढीमा कुलो पार गर्ने क्रममा पनौती नगरपालिका–५ सुब्बागाउँ घर भएकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् ।
बेपत्ता महिलाको खोजमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विपद् व्यवस्थाको टिम र स्थानीय पनि खटिएका छन् ।
अचानक परेको पानीसँगै आएको बाढीबाट काभ्रेको रोशी गाउँपालिका स्थित माम्तीमा बीपी राजमार्ग बगाएको छ । दुईतर्फ नै अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।