खुर्कोट-काठमाडौँ सडक १५ दिनका लागि बन्द : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

खुर्कोट-काठमाडौँ सडक १५ दिनका लागि बन्द

मेरो आर्थिक मेरो आर्थिक असार ७ गते २०८२

सिन्धुली । विपि राजमार्गको सिन्धुलीको खुर्कोट-काठमाडौँ  सडक खण्ड रातिको समयमा बन्द गरिएको छ ।

काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको सयुक्त सुरक्षा बैठकले शुक्रबार साँझ ६: ३० बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि रातिमा सार्वजनिक तथा निजि यात्रुवाहक सवारी साधनको आवागमन बन्द गरिएको हो ।

हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेकोले गर्दा कुनै पनि समयमा बर्षातका कारण विपतको अवस्था सिर्जना हुन जाने भएकोले सो हुन नदिन र यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउन रातिमा सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?