महाराजगञ्ज क्षेत्रमा काठमाडौँ महानगरको स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा विस्तार : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

महाराजगञ्ज क्षेत्रमा काठमाडौँ महानगरको स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा विस्तार

मेरो आर्थिक मेरो आर्थिक असार १३ गते २०८२

काठमाडौँ । महाराजगञ्ज क्षेत्रमा काठमाडौँ महानगरपालिकाको स्वास्थ्य प्रवर्धन केन्द्रबाट स्वास्थ्य सेवा विस्तार भएको छ । आज वडाध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले सेवा विस्तार शुभारम्भ गरेका हुन् ।

महानगरपालिकाले हरेक वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरेको छ । यी केन्द्रबाट उपचारात्मक, प्रवर्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनस्र्थापनात्मक सेवा प्रवाह हुने गरेका छन् ।

उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन् । यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रणका कार्यक्रम सञ्चालित छन् । प्रवर्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, पोषण, स्वास्थ्य शिक्षा जनचेतना अभिवृद्धि, नसर्ने रोग नियन्त्रण सचेतना महाअभियान, सरुवा रोग नियन्त्रण सेवा, स्वास्थ्य प्रवर्धन सेवा, बैकल्पिक चिकित्सा सेवा छन् ।

यस्तै विद्यालय स्वास्थ्य शिक्षा, नसर्ने रोगको परीक्षण ९स्क्रिनिङ्० कार्यक्रम, महामारी रोग नियन्त्रण तथा निवारण, सुरक्षित मातृत्व, योग अभ्यास तथा व्यवहार परिवर्तन अभ्यास, तथ्याङ्क संकलन, प्रशोधन र प्रतिवेदन निर्माण, अनुसन्धान, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन कार्यक्रम सञ्चालनमा छन् ।

निदानात्मक सेवामा प्रयोगशाला सेवा, रेडियोलोजी र र्यापिड डाइग्नोस्टिक टेस्ट कार्यक्रम छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?