एसईईको नतिजा आज सार्बजनिक हुदै, कसरी हेर्ने ? : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

एसईईको नतिजा आज सार्बजनिक हुदै, कसरी हेर्ने ?

मेरो आर्थिक मेरो आर्थिक असार १३ गते २०८२

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशनको तयारी गरेको छ ।

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाइएको भएपनि गत चैत २० देखि शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनले नतिजा प्रकाशन प्रभावित बनेको हो ।

बोर्डको शुक्रबार बसेको पहिलो चरणको बैठकले आजै नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशन बारे निर्णय लिन आज साँझ साढे ५ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । बोर्डले कुनै प्राविधिक त्रुटी नआए आजै नतिजा सार्बजनिक गर्ने तयारी गरेको छ ।

गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए ।

यसअघि २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएपछि सबैलाई पुरक परीक्षा दिन पाउने अवसर दिइएको थियो । यस बर्ष परीक्षामा उतिर्ण प्रतिशत ७० पुर्‍याउने सरकारको लक्ष्य रहेको छ ।

कसरी हेर्ने नतिजा ?

राष्ट्रिय परीक्षा बोर्डले यस अघि नै सूचना प्रकाशित गरेर नतिजा हेर्ने बारे जानकारी दिएको छ । जस अनुसार एसएमएस, आइभीआर र वेभसाइटबाट नतिजा हेर्ने व्यवस्था मिलाइएको छ । बोर्डले नतिजा प्रकाशित गरेपछि निम्न प्लेटफर्मबाट नतिजा हेर्न सकिन्छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?