एसइईको नतिजा सार्वजनिक, कुन ग्रेडमा कति ?


काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले शुक्रबार एसइईको नतिजा सार्बजनिक गरेको हो ।
यस पटकको एसईईमा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् ।
जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ८१ हजार ३८५ रहेको छ भने २.८ देखि ३.२ जीपिए ल्याउने विद्यार्थीको संख्या ५९ हजार १२४ रहेको छ ।
त्यसैगरी २.४ देखि २.८ जीपिए ल्याउनेको संख्या ४८ हजार ४७९ छ भने २ देखि २.४ जीपिए ल्याउनेको संख्या ४ हजार १२६ रहेको छ ।
त्यसैगरी १२६ जनाको परिक्षा रद्ध गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।
यस पटक एक लाख ६७ हजार ५९७ जनाको नन ग्रेड आएको र उनीहरुले फेरी परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
एसईई परीक्षामा परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । जसमा दुई लाख ५७ हजार ७३० छात्रा र दुई लाख ५६ हजार ३११ छात्रले परीक्षा दिएका थिए । यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३० जनाले पनि परीक्षा दिँएका थिए । प्राविधिकतर्फका १६ हजार ९४७ विद्यार्थी थिए । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको थियो ।