पशुपतिनाथमा राखिएको सुनको जलहरी जोख्दा सुन कम देखियो

पशुपतिनाथमा राखिएको सुनको जलहरी प्रकरणमा आइतबार मन्दिरमै गएर तौल र गुणस्तर परीक्षण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा कसरी अगाडि बढाउने भनेर छलफल सुरु गरेको छ ।
२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राखिएको १ सय ८ किलो जलहरीको आइतबार राति तौल तथा गुणस्तर मापन गरिएको हो । त्यसक्रममा तौल केही थोरै देखिए पनि ११ किलो नै गायब भएको हो कि होइन भनेर अख्तियारले खुलाएको छैन । तर मीनबहादुर गुरुङले दिएको भनिएको ३ करोड, सुभाष संघाई नामका व्यक्तिले दान गरेको १ किलो सुन लगायतको हिसाब भने स्पष्ट छैन । जलहरी निर्माणका लागि कालिगढलाई दिएको रकममाथि पनि अनुसन्धान भएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%