काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को काठमाडौंको मण्डिकाटारस्थित घरमा चोरी भएको छ भने गेटमा तोडफोड भएको छ ।
शुक्रबार राति अज्ञात व्यक्तिहरूले घरको गेटमा रहेको ग्रिल फुटाएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा चोरीको आशंका गरिएको छ । सो समयमा घरमा को थियो र घरमा के के सामान चोरी भयो भन्ने बारे अनुसन्धान कै क्रममा रहेको प्रहरीले जनाएको छ । बालेन हाल चुनावी प्रचारका क्रममा कर्णालीमा रहेका छन् भने उनकी श्रीमती सबिना काफ्ले पनि चुनावी प्रचारप्रसारका क्रममा झापा-५ मा रहेको समयमा घरमा चोरी भएको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












