Skip to content
logo
भाद्र ३१ गते २०८१ समयः

पहाडी भू-भागमा मौसम आंशिक बदली रहने, केही स्थान मा वर्षाको सम्भावना

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र १ गते २०८०
पहाडी भू-भागमा मौसम आंशिक बदली रहने, केही स्थान मा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहने बताएको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू-भागमा आंशिक बदली भएको र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

Add a new comment