Skip to content
logo
भाद्र ३१ गते २०८१ समयः

जनता समाजवादी पार्टीकी सांसद मञ्जु शर्मा अन्सारी को निधन

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र ४ गते २०८०
जनता समाजवादी पार्टीकी सांसद मञ्जु शर्मा अन्सारी को निधन

जनता समाजवादी पार्टीबाट निर्वाचित सांसद मञ्जु शर्मा अन्सारीको आइतबार काठमाडौंमा निधन भएको छ ।

वि.स‌ २०२० माघ १९ मा जन्मिएकी ६० वर्षिय उनी जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद निर्वाचित भएका थिइन् । उनको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

जनता समाजवादी पार्टीको तर्फबाट तात्कालीन अवस्थामा समानुपातिक सांसद चुनिएकी सहनाज रहमानको हृदयघातकै कारण २०७९ फागुन १३ गते निधन भएपछि पार्टीको सिफारिसमा अन्सारी २०७९ चैत ६ गते प्रतिनिधिसभा सदस्य चुनिएकी थिइन् ।

Add a new comment