माघ १७ गते २०८२ --:--:--
मेनु

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेकपामा समाहित

मेरो आर्थिक मेरो आर्थिक माघ १७ गते २०८२ ८:११ PM
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेकपामा समाहित

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । 

धनकुमारी सुनारको नेतृत्वमा रहेको एकता पक्षधर समूहलाई आज पार्टी कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा समायोजन गराउनुभएको हो । उक्त समूह र नेपाली कम्युनिष्ट पार्टीबीच ८ बुँदे सहमति पनि भएको छ ।

नेकपामा समाहित हुने नेताहरुमा धनकुमारी सुनार, गणेश रसाइली, यसोदा बराल, विक्रम सुनार, तुलशी परियार, प्रिया बराल, दीपा राना, हेमा सुनार , संगीता सिजापति, सुमित्रा खाती, शर्मिला परियार, कमला विसी र रिता नेपाली लगायतका नेताहरु रहेका छन् ।  

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?