Skip to content
logo
वैशाख २६ गते २०८२ समयः

आजबाट नेपाल रिपब्लिक मिडियाकाे आईपीओ बिक्री खुल्ला

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २६ गते २०८०

नेपाल रिपब्लिक मिडियाको साधारण सेयर (आईपीओ) आजबाट सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।

एक सय रुपैयाँ अंकित मूल्यका कूल ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले छिटोमा जेठ ३० गतेसम्म र ढिलामा असार ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

कम्पनीले १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरूका लागि र २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्काशन भइसकेको छ । इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् 

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर खाता मार्फत आवेदन दिन सकिने छ ।

Add a new comment