काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से ४२.५८ अंकले घटेर २७२६. ५१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३३ कम्पनिका ३ करोड २ लाख ६२ हजार ७१० कित्ता शेयर १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज सप्तकोशी विकास बैंकको शेयर मुल्य सर्बाधिक ८.५६ प्रतिशतले बढेको छ भने दारमखोला हाइड्रोको शेयर मुल्य ८.४१ प्रतिशतले बढेको छ । ओम मेघाश्रीको शेयर मुल्य सबैभन्दा बढी ६.९३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी राढ़ी विद्युतको ५७ करोड ८५ लाख कारोबार भएको छ भने एसवाई प्यानलको ५७ करोड ६८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै अन्खु खोला हाइड्रोको ५१ करोडको कारोबार भएको छ ।












