माघ २२ गते २०८२ --:--:--
मेनु

आजदेखि पोखरामा गल्फ प्रतियोगिता

मेरो आर्थिक मेरो आर्थिक फागुन १० गते २०७९ ६:४१ AM
आजदेखि पोखरामा गल्फ प्रतियोगिता

कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्समा आजदेखि सूर्य नेपाल गल्फ टुर, २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न सुरु हुँदैछ । सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ संस्करण हो ।

प्रोफेसनल गल्फर्स एशोसिएशन नेपालको आयोजना तथा सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर प्रतियोगी हभागी हुने छन् ।

यस वर्ष प्रतियोगिताको नगद राशि वृद्धि गरेर रु आठ लाख पु¥याइएको छ । प्रतियोतिाको विजेताले रु एक लाख ४० हजार, उपविजेताले रु ९० हजार र तेस्रो हुने खेलाडीले रु ६७ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?