नेपाल टी-२० खेलमा पराजित


पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ ।
मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान २/२ विकेट लिइन् ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनाउन सकेको थियो । नेपालका लागि सम्झना खड्काले १३ र ज्योती पाण्डेले ११ रन बनाइन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाकी निक नुर अटिइलाले ३ र महिराहले २ विकेट लिएकी थिइन् ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%