जनकपुरमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु
जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ बिन्दीकी ३५ वर्षीया राखीदेवी यादव रहेको प्रहरीले जनाएको छ । जनकपुर जलेश्वर सडकखण्डमा स्कुल बसले उनीहरुलाई ठक्कर दिँदा दुर्घटना भएको हो । घाइते ६ जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।Continue reading “जनकपुरमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु”