जनकपुरमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

जनकपुरमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक फागुन २१ गते २०८०

जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ बिन्दीकी ३५ वर्षीया राखीदेवी यादव रहेको प्रहरीले जनाएको छ ।

जनकपुर जलेश्वर सडकखण्डमा स्कुल बसले उनीहरुलाई ठक्कर दिँदा दुर्घटना भएको हो । घाइते ६ जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बस एन्जल बोर्डिङ स्कूलको हो।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । सडक छेउमा हिड्दै गरेको एक महिलालाई तीव्र गतिको बसले ठक्कर दिएको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?