फागुन २५ गते २०८२ --:--:--
मेनु

फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै जरिवाना

मेरो आर्थिक मेरो आर्थिक श्रावण २ गते २०८० ४:०९ PM
फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै जरिवाना

काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । शहरको सुन्दरतालाई ख्यालमा राख्दै उक्त जरिमाना तिराएको हो ।


काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’को पोष्टर वितरकले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको जनाएको छ । फिल्मको वितरक नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अनुसार दण्डित गरेको छ ।


यो घटनाबाट बिभिन्न सार्वजनिक ठाउँहरुमा हुने यस प्रकारको सस्तो प्रचारले महानगरीय सुन्दरतामा प्रत्यक्षरुपमा असर पर्ने तथा ब्यवसायीहरुलाई पनि आगामी दिनहरुमा नयाँ तरिकाले बजार ब्यवस्थापन तथा प्रचारको बिकल्पको खोजी गर्न समेत यसले सकरात्मक सन्देश दिने कुरामा महानगर बिश्वस्त छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?