प्युठान। लुम्बिनी प्रदेशको प्पुठान जिल्लाको सरुमारानी गाउँपालिकाले नियमित रुपमा जनताका लागि प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई मंगलबार जिल्लाको बड्डाँडामा सम्पन्न भएको छ । गाँउपालिकाको आयाजना तथा स्काइल्याण्ड मल्टिमिडियाको ब्यवस्थापनमा कार्यक्रमको आयोजना गरिएको हो ।

गाउँपालिकाको यो कार्यक्रम आ.व. २०७९/०८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम हो । गाउँपालिकाले आयोजनामा सरुमारानी गाउँपालिकाको बहुउदेश्यीय सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा १३० जना भन्दा बढी सेवा ग्राही नागरिकहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विषयगत कार्यालयहरुको प्रमुखहरु एवं स्थानिय प्रतिनिधिहरुको ब्यापक उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा आर्थिक बर्ष २०७९/०८० को तेस्रो चौमासिकमा सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा उपस्थित ५ जना नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु सहित ब्यापकरुपमा बहश गरिएको थियो ।
उहाँहरुहरु बाट प्राप्त भएका गुनासाहरुको यथोचित सम्बोधनका लागि विषयगत कार्यालयहरुको तर्फबाट जवाफदेही बक्ताहरुको रुपमा सरुमारानी गाउँपालिकाको अध्यक्ष झग बहादुर बिश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत देबी राम पाठक र शाखागत प्रमुखहरु लगायतका सम्बद्ध ब्याक्तित्वहरुले प्रश्नहरुको सामना गर्दै जवाफ दिएका थिए ।

कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात् उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै बक्ताहरुले सरुमारानी गाउँपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि अनुगमन योजना निर्माण गरी कार्यान्वयन गर्ने, बजार व्यस्थापन,उत्पादन तथा बजारीकरण गर्ने, सी सी क्यामेरा मर्मत तथा नयाँ खरीद प्रक्रिया, सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने लगायतका प्रतिवद्धता जाहेर गरिएको थियो ।

समय–समयमा आयोजना हुने यस्ता कार्यक्रमहरुले बिगतमा जान अनजानमा भए गरेका गल्ती कमजोरीलाई सुधार गर्न सहयोग पुग्ने र प्रत्यक्षरुपमा हुने कार्यक्रमको माध्यमबाट स्थानीय सरकारको क्रियाकलापको जानकारी प्राप्त हुने साथै जनअपेक्षा अनुसारको गतिबिधि अगाढी बढाउन सहयोग पुग्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।













